काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा सोमबारसम्म वर्षा

काठमाण्डाै उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा अहिले पानी परिरहेको छ । काठमाण्डाैका केही ठाउँमा सामान्य बर्षा भैरहे पनि मध्य र पश्चिम पहाडी भेगमा भने ठूलो पानी परिरहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो ।

आज राति पनि देशैभर आंशिकदेखि सामान्य बदली भएर पश्चिम, मध्य र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयाे । भोलि आइतबार पनि पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

पर्सि साेमबारसम्म नै देशभर मौसम बदली भएर धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति June 1, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।