गगन थापाको जोडी मिडियामा, खोले माया प्रेमका गोप्य कुरा (भिडियोसहित)

जन्मदिनमा पार्टी गरेर धेरै खर्च गर्नु भन्दा अरुलाई सेवा गरेर खुशी मनाउने भन्दै आश्रममा बाल बालिकाहरु लाई भोजन गराएर जन्मदिन मनाए

सांसद तथा पूर्व स्वास्थ्यमन्त्रि गगन थापा र श्रीमती डाक्टर अन्जना केसीले आज सामाजिक कार्य गर्दै आफ्नो जन्मदिन मनाएका छन् । गगन र अन्जनाको एकैदिन जन्मदिन परेकाले खुशियाली साट्दै जन्मदिन मनाएका हुन् । आफु दुईको जन्मदिन एकैदिन परेकाले पहिलो कफी डेट सम्भव भएको स्मरण गर्दै यो जोडीले आफ्नो प्रेमकथा जन्मदिनमा सुनाएर ।

जन्मदिनमा पार्टी गरेर धेरै खर्च गर्नु भन्दा अरुलाई सेवा गरेर खुशी मनाउने भन्दै आश्रममा बाल बालिकाहरु लाई भोजन गराएर संगै मनाएका छन् गगन थापाको परिवारले । गगन थापाले आफ्नो जन्मदिन संगै छोरीहरुको जन्मदिनमा पनि आश्रममा भोजन गराउदै मनाउने गरेको बताए र साथै अब हरेक वर्ष आफ्नो जन्मदिन यहि आश्रम आएर मनाउने पनि बाचा गरे ।

श्रीमती डाक्टर अन्जना केसीले पनि जन्मदिनमा अरुको सेवा गर्दै बालबालिकाहरु संग आश्रम आएर भोजन गर्दा अर्कै आनन्द आउने र साथै आफुहरुले विवाह देखि नै फजुलमा खर्च गर्नु भन्दा अरुको सेवामा खर्च गर्ने गरेको र यसमै आफुहरु लाई खुशी मिल्ने बताईन ।

गगन थापाको दुई छोरी छन् । छोरी हुदा धेरैले ठाउ ठाउमा भाकल गर्नु अनि छोरा हुन्छ भनेर सल्लाह दिएको घटनाहरु सुनाउदै समाजको यो सोच लाई बद्लेर छोरी हुदाको खुशी मनाउन अनुरोध पनि गरे ।

उनिहरूले भने “हाम्रो जन्मदिन एकैदिन परेकाले पनि होला हाम्रो पहिलो कफी डेट सम्भव भएको थियो र त्यहि कफी डेटले गर्दा विवाह पनि सम्भव भयो । सुरुवाती दिन देखि नै हामी धेरै मिल्ने र सबै भन्दा नजिकका साथि थियौ र अहिले विवाह पछि पनि साथि झैँ साथ दिइरहेका छौ । एक अर्काको कमीकमजोरीमा बलियो आधार बनेर जीवन अघि बढाउदै छौ ।”

गगन थापाको सोच र देश बनाउने अठोट देखेर डाक्टर अन्जना केसी लाई लोभ्याएको कुरा पनि खोलिन् । बाहिरी प्रभाव भन्दा पनि गगनको देश बनाउने अठोटले विवाह गर्न लोभ्यायो र गगन जस्तो लिडर भएको देशको नागरिक हुने रहर सधै रहेको कुरा पनि अन्तर्वार्तामा उल्लेख गरिन ।

गगन थापाको दुई छोरी छन् । छोरी हुदा धेरैले ठाउ ठाउमा भाकल गर्नु अनि छोरा हुन्छ भनेर सल्लाह दिएको घटनाहरु सुनाउदै समाजको यो सोच लाई बद्लेर छोरी हुदाको खुशी मनाउन अनुरोध पनि गरे ।

भिडियोः

प्रकाशित मिति July 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।