मुम्बई । न्युड सिन भारतीय फिल्म नगरीका लागी नौलो भएन अब। प्रायः हरेक एक्ट्रेस जिब्रै टोक्नुपर्ने सिन दिन पनि राजी हुन थालेका छन्। यसमा थपिएकी छन्, तमिल एक्ट्रेस अमाला पाल।
रिलिजको तयारीमा रहेको फिल्म अदाईको ट्रेलर रिलिज भएपछि त्यसमा उनको न्यु*ड सिन रहेको खुल्यो। फिल्ममा उनले बलात्कृत युवतीको रोल निभाएकी छन्। उनले न्यु*ड सिन खिच्दाको सकस हालै ‘द हिन्दु’सँग सेयर गरेकी छिन्।
उनका अनुसार न्युड सिन खिच्दा सेटमा १५ जना थिए। उनले त्यो बेला आफूलाई १५ जना श्रीमान् भएको महिला (पध्रली) भएको अनुभव गरेको बताएकी छन्। भारतीय फिल्म क्षेत्रका नामी फिल्ममेकर अनुराग कश्यपले नै फिल्मको टिजर सेयर गर्दै उनको अभिनयको प्रशंसा गरेपछि उनी मक्ख भएकि थिइन ।
तर, हालै चेन्नईकी राजनीतिक दल अनेथु मक्कल काचीकी संस्थापक राजेश्वरी प्रियाले नायिका अमाल पालको फिल्म बिरुद्ध उजुरी दर्ता गराएकी छिन् ।
अमालले नग्नता प्रदर्शन गरेको र तमिल संस्कृतिमाथी प्रहार गरेको भन्दै राजेश्वरीले फिल्म प्रदर्शनमा रोक लगाउन पर्ने माग गरेकी छिन् । फिल्मको पोस्टरले वालवालिकामा मानसिक असर पर्ने भन्दै उनले तमिल संस्कृति बिरुद्धमा लाग्ने व्यक्ति यस समुदायको हुन नसक्ने आरोप लगाइन् । फिल्मको एक दृष्यमा अमालले ना*ङ्गै अभिनय गरेकी छिन् । उक्त फिल्मको निर्देशक रतनकुमार रहेका छन् ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।