नारायणी नदीमा चलाउनको लागि नेपालीले बनाइरहेको यस्ताे पानीजहाज

पाेखरा।, नेपालमै पहिलोपटक नारायणी नदिमा निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानिजहाज) दशैअघि संचालनमा आउने ,

‘क्रुज शिप संचालन पश्चात नेपालको जल यातायातको सम्भाव्यतामा प्राबिधिक आधार तयार हुनेछ,कंडेलले भन्नुभयो’,तीन सिफ्टमा क्रुज संचालनको तयारी गरेका छौं ।’ बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहानेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहानेका लागी लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुनेछ ।

नेपालले सन् २०२० पर्यटन बर्ष मनाउने तयारी गरिरहेका बेला रिभर क्रुज जहाजले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दुई महिनामा निर्माण सम्पन्न हुने जानकारी दिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायीक बनको काभ्रेघाट बगरमा क्रुज निर्माण भइरहेको छ । करिव ३५ करोडको लागतमा निर्माण भइरहेको क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुने प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति July 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।