पाेखरा–नेपालमा यस्ताे दुवै कान नसुन्ने र बोल्न नसक्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली…’ सार्वजनिक भइसकेएको छ ।
वसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छायाँकन, अर्जुन सापकोटाको सम्पादन रहेको छ भने, ‘ह्याप्पी’मा मुख्य अभिनय रहेको छ ।
सङ्गीत नाट्य तथा कला प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यतामा पहिलो संविधानसभा सदस्य साथै नेपालका पहिलो बहिरा सभासद राधवीर जोशी, केन्द्रिय बहिरा महासंघ नेपाल उपाध्यक्ष सत्यदेवी वाग्ले, महासचिव सुर्यबहादुर बुढाथोकी, केन्द्रिय बहिरा माध्यमिक विद्यालयका प्राचार्य उपेन्द्र पराजुलीलगायतको आतिथ्यतामा गीत सार्वजनिक गरिएको हो ।
डा.डीआर उपाध्यायले लेखेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत, कविता सिवाकोटीको स्वर रहेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक समारोहमा बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमा नै पहिलो भएको भन्दै एभरेष्ट वल्र्ड रेकर्ड कलाकार सुजल बमलाई प्रदान गरिएको थियो ।उनलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
भिडियाे हेर्नुहाेस्ः
प्रकाशित मिति July 20, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।