धार्मिक तथा अध्यात्मिक क्षेत्रमा लागेका मानिसहरुले धेरै उद्गारहरु छन्,
सत्य साईबाबाका भक्तहरु धेरै छन् । उनले केही महत्वपूर्ण भनाईहरु राखेका छन् जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।
तपाईंलाई कसैले गाली गर्छ भने उसलाई पनि प्रेम गर्न नछोड्नु ।
तपाईं मानवको सेवा गर्नुस् त्यो नै भगवानको सेवा हो । भगवान खोज्न अन्त नजानुस् तपाईं आफैभित्र भगवान पाउनुहुन्छ । प्रेमको अर्को रूप भनेको सेवा हो । किराले अन्नलाई जसरी नष्ट गर्छ, कपटले त्यसैगरी मानिसलाई नष्ट गर्दछ ।–बोलीको प्रहारबाट हुने घाउ वाणको घाउ भन्दा चर्को हुन्छ ।
केही बोलनु र गर्नुपूर्व एकछिन सोच्नुस्, त्यसो गरेमा गल्ती हुँदैन । जुन सामान्य दैनिकी बिताउने मानिसका लागि प्रेरक बन्छ । आफूमात्र जान्ने नबन्नुस् अरुको विचार र दृष्टिकोणलाई पनि आदर गर्नुहोस् । तपाईं अरुबाट कहिल्यै पनि प्रतिष्ठा र आदर पाउने इच्छा नराख्नु ।
प्रकाशित मिति July 19, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।