जीप दुर्घटना २ जनाको मृत्यु, ११ जना घाइते

पाेखरा ३ साउन / बाजुराको जगन्नाथ गाउँपालिकामा रहेको कर्णाली करिडोर सडकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु,जीप बिहान ८ः३० मिनेटमा दुर्घटना भएको हाे।

दुर्घटनामा ११ जना घाइते छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएका छन् ।

मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ का २५ वर्षका रामबहादुर शाही र कैलाली टिकापुर घर भएका जीप चालक वर्ष २७ को रमेश बोगटी

रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धबसिं भाटले बताए। शुक्रबार पिलुचौरबाट कालिकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप दुर्घटना भएको भएको हो ।

जीप उकालोमा चढ्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ । जीप सडकबाट ५० मिटर तल खसेको अवस्थामा रहेको छ । जीप दुर्गटनामा परि घाइते भएकाहरुलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

चारजना गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला बाहिर लानुपर्ने भएकाले जिल्ला प्रशासन कार्यलयमार्फत हेलिकप्टका लागि कुरा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भाटले बताए। जीपमा सवार १५ जनामा २ जना सकुशल भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति July 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।