जन्मदिनको दिन प्रियँका चोपडाले ‘हट’ ड्रेसमा गरिन धमकेदार डान्स

पाेखरा, बलीउड को देसी क्वीन प्रियँका चोपडा ले १८ जुलाईमा आफ्नो ३७ औ जन्मदिन मनाएकी छिन् ।

आफ्नो जन्मदिनमा उनले कति रमाइलो गरीन भनेर उनको एक भिडियो जुन सोसल मीडीयामा एकदमै भाइरल भएको छ त्यस भिडियोमा देख्न सकिन्छ ।

मस्तीले भरिएको एक भिडियो जुन उनका पति निक जोनसले आफ्नो इन्सटाग्रामको अकाउन्टमा शेयर गरेका थिए ।

निकले प्रियँकाको दुई फोटो सेयर गर्दै तिमि मेरो जीन्दगी हौ , किरण हौ , मेरो दिल हौ,,लव यु बेबी भन्दै लेखेका छन् ।

केही समय अगाडि पेरिस भ्रमणमा रहेका उनीहरु हाल इटालीमा छन् । चोपडा र जोनस विश्वकै चर्चित जोडीमध्येका एक हुन्। उनीहरुबीचको गहिरो प्रेम उनीहरुको सामाजिक संजालले पनि झल्काउँछ। उनीहरु दोहोर्याउँदै एकअर्काका फोटोहरु पोस्ट गरिरहन्छन्।

 

हालै निक जोनासले श्रीमती प्रियंकासँग नाचेको भिडियो सार्वजनिक गरेका थिए। इन्स्टाग्राममा उक्त भिडियो सार्वजनिक भएपछि त्यो भाइरल बनेको छ।

 

प्रकाशित मिति July 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।