शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण : भारतमा १ करोड लाग्ने, नेपालमा २५ लाखमै

शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ । प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन ।

भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकले बताएका छन्

डा. भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जादा सकिएको थियो । नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. निरव गौरको टिम आएको थियो । भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकले बताएका छन् । अस्पतालले वर्षमा १२ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको समाचार नयाँ पत्रीकामा छ ।

प्रकाशित मिति June 1, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।