टिकटकमा भाइरल गरिमाले रेकर्ड गरिन गीत, स्टुडियोमै चल्यो रुवाबासी (भिडियो)

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल भएकी गरिमा हुमागाईंले आफ्नो पहिलो गीत रेकर्ड गरेकी छिन्। टिकटकमा गीत गाएर भाइरल बनेकी गरिमा हुँमागाईले अन्ततः गायिका बन्ने अवसर प्राप्त गरेकी हुन।

‘प्लस टु’ अध्ययनरत उनी आफ्नो गायिका बन्ने सपना पूरा भएकोमा गीत गाउँदा-गाउँदै स्टूडियोमै भावूक बनिन् । गायिका बन्ने सोच पालेको भए पनि आर्थिक अभावका कारण सम्भव नदेखेकी उनलाई डीएआर मूभिजले सम्पूर्ण खर्च व्यहोरेर गीत गाउने अवसर प्रदान गरेको हो ।

उनले एउटा तीजको गीतमा आवाज दिएकी छिन् । यो सँगै आगामी दिनमा पनि गीत गाउने अवसर प्रदान गरिने डीएआर मुभिजका सञ्चालक प्रभावनले बताएका छन् । केहि समय अगाडि गलबन्दी गीत गाएर टिक टकमा गरिमा भाइरल बनेकी थिइन् ।

गीत गाउनकै लागि उनलाई निकै अप्ठ्यारो थियो,सपना पुरा गर्न खोज्दा पनि लागनी गर्न नसक्ने अबस्था थियो उनको लागि तर डी ए आर मुभिजले सम्पूर्ण खर्च बेहोरेर तीज गीतमा उनको आवाज राखेपछि उनको सपना पुरा भएको छ ।

हेराै भिडियोः

प्रकाशित मिति July 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।