मलेसियाले नेपाली अवैधानिक श्रमिकहरू बारे यस्ताे घोषणा गरे…

पाेखरा । मलेसियाको गृहमन्त्रालयले अवैधानिक श्रमिकहरूलाई स्वदेश फिर्ती कार्यक्रम ‘प्रोग्राम ब्याक फर गुड’ घोषणा गरे।

मलेसियन सरकारले ल्याएको यो कार्यक्रमले मलेसियामा रहेका हजारौँ अवैधानिक नेपाली कामदारलाई फाइदा पुग्नेछ।

मलेसियाका गृह मन्त्री मुह्यिद्दिन यासिनले विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दे कार्यक्रमको जानकारी गराएका छन् । स्वदेश फिर्तीको लागि अध्यागमनलाई ७ सय मलेसियन रिङ्गेट कम्पाउण्ड तिरी, राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाई एक साता भित्र आफ्नो देश फर्कन पाउने द स्टार अनलाइनमा उल्लेख छ ।

यो कार्यक्रम आगामी अगष्ट १ देखि डिसेम्बर ३१ तारिखसम्म रहनेछ।

कार्यक्रम अध्यागमन विभागले नै सञ्चालन गर्ने भएको छ । यो कार्यक्रमको समय अवधि समाप्तिपछि नयाँ वर्षसँगै अवैधानिक कामदार र रोजगारदाता दुवैलाई कडा कानुन बनाई अध्यागमनले कारवाही सुरु गर्ने पत्रकार सम्मेलनमा गृहमन्त्री यासिनले बताए ।जसको लागि २ सय जना अध्यागमन अधिकारीहरूलाई ८० वटा काउन्टरमा खटाउने तयारी भएको छ । यसमा बिचौलिया वा एजेन्टहरूको संलग्नता रहने छैन ।

प्रकाशित मिति July 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।