बाग्मती नदीमा खस्यो बस

बाग्मती नदीमा एक यात्रुवाहक बस खस्दा चालक ३५ वर्षीय वीरु राईको मृत्यु भएको छ। शुक्रबार सिन्धुलीको महेन्द्रझाडीबाट सर्लाहीतर्फ आउँदै गरेको ना ३ ख ६६४२ नम्बरको बस बाग्मतीमा खसेको हो । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरंगेको उकालोबाट बस खसेको जनाइएको छ ।

मोरंगेको उकालो निकै ठाडो रहेकाले सबै यात्री झारेर चालकले बस उकाल्नेक्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् । उकालोको टुप्पोनजिक पुग्नेबेलामा ‘स्टार्ट’ बन्द भएपछि अनियन्त्रित भइ बस खोलामा खसेको बताइएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ निवासी चालक राईको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थल सर्लाहीस्थित पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर उत्तर सिन्धुली जिल्लामा पर्दछ । शुक्रबार बिहान करिब ८ बजेतिर उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति May 31, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।