जापानको एनिमेसन स्टुडियोमा आगजनीः कम्तीमा २४ जनाको मृ*त्यु साथै दर्जनौँ घाइ*ते

पाेखरा– जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृ*त्यु हुनुको साथै अन्य दर्जनौँ घाइ*ते भएका छन् ।

सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ। यस आगजनीको कारण प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ।इँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।

भूसो आगजनीमा मारिएका प्रायः व्यक्ति सो कम्पनीमा कार्यरत रहेका बताइएको छ। यद्यपी यसमा घटनामा मारिएका व्यक्तिको औपचारिक पुष्टि भने भएको छैन। आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृ*तकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। दोस्रो तलामा रहेका व्यक्तिहरु पनि भाग्न असफल भएको बताइएको छ।

सरकारी अधिकारीहरुका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइ*ते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको छ। कम्पनीमा करिब ७० जना कार्यरत रहेको बताइएक ।

प्रहरीले एक शंकास्पद अधवैंशे व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ। उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

ती व्यक्तिले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको छ। उनले नै भवनको तल्लो तलामा पेट्रोल छर्केर आगो लगाएको आशंका प्रहरीले गरेको छ।

प्रकाशित मिति July 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।