सयौलाई डुब्नबाट बचाउछु भन्दा आफै डु*बे ,५ छोरी र २ छोरा…(भिडियो)

पाेखरा , रौतहटमा १० जनाको मृ*त्यू र १ जना बे*पत्ता भएका छन् । गौर नगरपालिका, ईष्ठनाथ नगरपालिका, दुर्गा भगवती गाउँपालिका, गढीमाई नगरपालिका डुवानबाट अति प्रभावित छन् ।

डुबानमा ३० हजार सर्वसाधारणहरु प्रभावित भएका छन् ।बाढी पीडितलाई उद्धार गर्नका लागि १० वटा रबरको बोट परिचालन गरिएको थियाे। यो जिल्लामा ४ हजार घरहरु प्रभावित भएका छन् भने ४ सय घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १ हजार घर परिवारहरु विस्थापित भएका छन् ।उक्त, जिल्लाबाट अहिलेसम्म ३ हजार सर्वसाधारणलाई उद्धार गरिएको प्रहरी प्रशाशन कार्यलयले बताएका छन् ।

गौर न पा का शिव मंगल पटेलले शनिवार २००जनालाई उद्वार गर्न जादा सबैलाई उद्दार त गरे तर आफुलाई बचाउन सकेनन |

उनको मृ*त्यु भएपछि घरमा रहेका ५ छोरी २ छोरा र श्रिमतीको बिचल्ली भएको छ | उनका १ छोरा अपाङ छन |बाढीबाट गौर–चन्द्रपुर सडक, गरुडाबाट कटरिया मौलापुर जोड्ने सडकखण्ड, देवाही–गोनाही–मौलापुर सडकखण्ड, गौर–राजदेवी सडक खण्ड, गौरबाट अन्य भागमा जान नसक्ने गरी सडकहरु भत्किएका छन् ।

भिडियाे हेर्नुहाेस्ः

प्रकाशित मिति July 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।