सुरक्षागार्डले ड्युटीमै पढेर पास गरे विश्वविद्यालयको परीक्षा

पाेखरा । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सुरक्षा गार्डको काम गर्ने कमजल मीणा ले आफ्नो मेहनतले सबैलाई आश्चर्यमा बनाए ।

रिपोर्टका अनुसार ३४ वर्षका मीणाले बिए रशियनमा भर्ना हुनको लागि जेएनयूको प्रवेश परीक्षा पास गरेका छन्

कमजल मीणा राजस्थानको करौलीका हुन् ।मीण महिनामा १५ हजार कमाउँछन् । समय मिल्दा उनी आफ्ना पितासँग काम गर्थे ।यसका अलावा मेरो अर्को लक्ष्य सिभिल सर्भिस परीक्षा पास गर्नु हो ।’उनी पढ्नका लागि गाउँबाट ३० किलोमिटर टाढा पैदल जान्थे ।

 मीणा जागिरको खोजीमा दिल्ली आएका हुन् जहाँ २०१४ मा जेएनयूमा उनले सुरक्षा गार्डको जागिर पाएका थिए ।

विश्वविद्यालयका कूलपति जगदीश कुमारले भने ‘हामी सधैं विद्यार्थीहरुलाई आफ्नो जीवन राम्रो बनाउनको लागि प्रेरित गर्छौं । हामी उनलाई हरसम्भव आर्थिक सहयोग पनि गर्नेछौं । मीणा दिल्लीमा पत्नी र तीन छोरीहरुसँग भाडाको कोठामा बस्छन् । उनले भने ‘जेएनयूले मलाई समाजसँग बस्ने तरिका सिकायो । यहाँका सबै शिक्षक र विद्यार्थीले मलाई सधैं प्रोत्साहित गरे । अब उनीहरु सबैले मलाई शुभकामना दिइरहेका छन् ।

उनले राजस्थान युनिभर्सिटीबाट राजनीतिक विज्ञान, इतिहास र हिन्दीमा ग्रयाजुएशन गरेका छन्

मलाई यस्तो लागिरहेको छ कि म एक रातमै प्रसिद्ध भएको छु । उनले भने ‘म विदेशी भाषा सिकेर विदेश घुम्न चाहन्छु ।

प्रकाशित मिति July 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।