साउन महिनाकाे यि चार दिनकाे यस्ताे छ महत्व, १९ वर्ष पछि शुभ संयोग बन्दै !

पाेखरा। साउन महिनामा भगवान शिवलाई प्रिय मानिन्छ ।

साउन महिना जुलाई 17, 2019 (बुधबार) देखि सुरु हुँदैछ।श्रावण पूर्णिमा को दिन बाट समाप्त हुनेछ। यस वर्ष साउन महिनामा १९ साल पछिको शुभ संयोग रहेको बताइएको छ,

सन् 2019 अर्थात् यसपाली आउंदै गरेको साउन महिनाका सोमबार झन् धेरै शुभ संयोग लियर आउने रहेको ज्योतिषहरुले बताएका छन् । त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ ।

पहिलो सोमबार (जुलाई ३०):
सफलता प्राप्ति र कष्ट निवारण साउन महिनाको पहिलो सोमबारको वर्तले जीवनमा धेरै परिवर्तन ल्याउने र सोचेभन्दा बढी प्रगति हुनेगर्छ । साथै जीवनमा आइपर्ने बाधा सँग लड्न सक्ने क्षमता प्रदान गर्छ । यदि तपाईं लामो समयको लागि कुनै नयाँ कार्य सुरु गर्ने प्रयास गर्दै हुनुहुन्छ तर सफलता मिल्ने हो -होइन भन्ने चिन्ता गर्नुहुन्छ भने तपाई यो दिन वर्त बसेर आफ्नो कार्य सुरुवात गर्नुभएमा तपाईलाई अवस्य सफलता मिल्ने छ र तपाईको दीर्घकालीन योजनाहरू सफल हुदै जानेछन्। व्यवसाय सुरु गर्न चाहने व्यक्तिहरूले पनि वर्त बसेर भगवान शिवको आरधना गरि यसदिन बाट सुरुवात गरेमा सच्चिनै सफलता हासिल गर्न सकिन्छ।

दोस्रो सोमबार (६ अगष्ट ):
यस दिन वर्त बसेर नियामले भगवान शिव को पुजापाठ गर्दा भएका रोगहरुले डदै जाने र अन्य कुनै रोगहरु सम्म टाढा जनेछन् ।रोग निवारणयो सोमबारको संयोग अनुसार राम्रो स्वास्थ्य,वृद्धि र बल प्राप्त हुने योग रहेको छ । यस दिन, लामो समय देखि गम्भीर रोगबाट पिडित व्यक्तिहरुले भगवान शिव को पूजा आराधना गरेर शिवलिङ्गमा जल चडाएपछि त्यो जल हातमा लिएर थोरै खाने र आफ्नो शरिरमा अबिषेक गर्दा रोग कम हुदै जाने मान्यता रहेको छ ।

तेस्रो सोमबार (१३ अगष्ट ):
शिव भक्तहरुको लागि यो पनि धेरै विशेष हुनेछ जो शिव को मन्त्र सिद्ध गर्न चाहन्छन। तपाईसँग भएका समस्याहरु र तपाईहरुले सोचेका र अटेका कामहरु वर्त बसेर पूजा गर्ने क्रममा आफूले मनमनै सम्झिनु भयो भने यी कुराहरु छिटै तपाईहरुले प्राप्त गर्न सक्नु को साथै समस्या हरु बिस्तारै हल हुदैँ जनेछन् । मन्त्र सिद्धि वा मनकामना पूर्ण हुने साउनको तेस्रो सोमबार वर्त बसी पुजापाठ गरेमा आफूले चिताएका कुराहरु पुरा हुदैँ जानेछन् ।

चौथो सोमबार (२० अगष्ट) :
यो अन्तिम सोमबार , जो वर्त बसेर भगवान शिवको पूजापाठ गर्छ ,उ सँग शिवजी खुशी भै जीवनभरी उसको जीवनभरि उसको साथमा रहेर उसले खुशी र सुखी बनाई उसका सबै दुख र समस्याहरु बाट पार लगाउने काम गर्नुहुनेछ । त्यस्ता व्यक्तिको जीवनमा ठुलो उन्नति र प्रगति हुनेछ । शत्रु परास्त तथा आर्थिक सम्पन्नता साउन महिनाको अन्तिम सोमबार वर्त बसेर पुजापाठ गर्दा दुश्मन र बाधा हरु टाढा हुँदै जानेछन् । तपाईंको अर्थिक समस्याहरु समेत बिस्तारै हल हुदैँ जनेछन् । बाँकि शब्द  नेपाली ताजा खबरमा

प्रकाशित मिति July 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।