‘हजार जुनीसम्म’को गीतमा आयुष केसीकाे स्वर

पाेखरा । उनले विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीतमा उनकाे स्वर र रेकर्ड हुने गीतको भिडियोमा चर्चित बाल कलाकार अनुभव रेग्मीको प्रस्तुति रहने छ।

भारतकै ठूलो गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो भएका आयुष केसीले चलचित्रमा गीत गाउने भएका छन् ,

चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

 ‘हजार जुनीसम्म’मा समावेश ‘एमजी रोडैमा’ र ‘आज नगद भोली उधारो’बोलको गीत यसअघि नै सार्वजनिक भैसकेका छन् । 

चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ ।

कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्मातामा छन् । चलचित्र आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

विकासको चलचित्रबाट धेरै कलाकारहरुले ब्रेक पाइसकेका छन् र अधिकांश सफल पनि छन् । यसैले गर्दा पनि आयुषको पाश्र्व गायनको डेब्यू सुःखद हुने अपेक्षा गरिएको छ । चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।

प्रकाशित मिति July 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।