१५३ यात्रु लिएर उडिरहेको विमानकाे आकाशमै इन्धन सकिएपछि…

पाेखरा। १५३ यात्रु लिएर मुम्बइबाट दिल्ली गइरहेको विस्तारा एयरलाइन्सको विमानको आकाशमै इन्धन सकिएपछि खतरनाक स्थिति आएको विमान स्थलका व्यक्रतीले बताएका छन् ।

विमानले लखनउमा अवतरण गर्दा विमानमा १० मिनेटलाई मात्रै पुग्ने इन्धन बाँकी थियो ।

लखनउमा पनि भिजिबिलिटी अचानक कम भएपछि पाइलटले कानपुर वा प्रयागराज जस्ता वैकल्पिम विमानस्थलमा अवतरण गर्ने फैसला गरे। डाइभर्ट गरिएको विमानमा इन्धन सकिनै लागेपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई आफ्नो स्थितिको जानकारी दिएपछि आकस्मिक अवतरण गरिएको हो ।

मुम्बइबाट दिल्ली उड्ने एयरबस ए–३२० विमानमा ६० मिनेटको लागि पुग्ने अतिरिक्त इन्धन हुन्छ ।

यो अतिरिक्त इन्धनको प्रयोग विमानलाई कतै डाइभर्ट गर्नुपर्यो भने गरिन्छ । विमान मुम्बइबाट दिल्लीको लागि उडेको थियो तर दिल्लीमा मौसम खराब भएर अवतरण गर्न नमिल्ने भएपछि विमानलाई लखनउ डाइभर्ट गरिएको थियो ।

एयरलाइन्सका अनुसार जब विमान प्रयागराज जाँदै थियो त्यही बेला लखनउ एटीसीले मौसम सफा भएको जानकार दिएपछि विमान फेरि लखनउ फर्काइयो किनकि लखनयमा विमान र यात्रुको लागि राम्रो सुविधा छ । यो विमानलाई पनि खराब मौसमका कारण दिल्लीबाट लखनउ डाइभर्ट गरिएको थियो ।

प्रकाशित मिति July 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।