प्रधानमन्त्री ओलीले विद्यावारिधि क्रिस्चियन धर्म प्रचारकबाट पाएको खुलासा

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौँमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको समाचार कान्तिपुर दैनिकमा समाचार छ ।

काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेस÷एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो ।

काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअभि त्रिविसित समझदारी (एमओयू) गरेको थियो । यसरी देशकै प्रधानमन्त्रीले हतारमा मानार्थ विद्यावारिधि थाप्न हिन्दा देशकै बदनाम हुने बिज्ञहरू बताउछन ।

प्रकाशित मिति May 31, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।