शिल्पाले आफुलाई श्रीमानले ३ बर्षदेखि घरेलु हिंसा गरेको , कानको जाली फटुने गरी कुटेको भन्दै शान्ती सुरक्षाको माग गर्दै उजुरी
नेपाली सिनेमा क्षेत्रमा बाघ निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको तनावले सिनेमा क्षेत्रदेखि दर्शकहरु समेत छक्क परे । केही समय अगाडी देखि नै बिवाह भएपनि औपचारिकमा खासै स्वीकार नगरीरहेका उनीहरुको झगडा प्रहरी चौकीसम्म पुग्दा चर्चाको बिषय नै बन्यो।
शिल्पाले आफुलाई श्रीमानले ३ बर्षदेखि घरेलु हिंसा गरेको , कानको जाली फटुने गरी कुटेको भन्दै शान्ती सुरक्षाको माग गर्दै उजुरी दिएकी थिईन् । शिल्पाले छबिले आफुलाई गलत काम नगर्दा पनि शंका गर्ने , पिट्ने , सुन्नै नसक्ने गरी गालीगलौज गर्ने आरोप लगाएकीछिन् ।
प्रहरीकहाँ उनीहरुबीच सहमति त भयो तर शिल्पा अझै पनि छबिको घरमा पुगेकी छैनन् भने छबिले पनि आफनो परिपक्ता देखाउँदै श्रीमतीलाई घर ल्याउँने प्रयास गरेका छैनन् ।
तर उनले शिल्पा आफनो श्रीमती भएको , आए खुला मनले स्वागत गर्ने बताउँदै आएका छन् । एक अन्तरवार्ताको क्रममा छबिले आफुलाई ४ वटी श्रीमती बिवाह गरेको कुरालाई लिएर अनावश्यक टिप्पणी भएको बताएका छन् । उनले शिल्पाको पनि आफनो दोस्रो श्रीमान भएको खुलासा गरे ।
भने, यस बिषयमा शिल्पाले पनि स्पष्टीकरण दिएकी छन् । उनले पहिला अाफ्नो पहिला प्रेमी रहेको उसलाइ हसबेन्ड भनेर सम्वोदन गर्ने गरेको यहि कुरालाइ नै छविले पहिला बिहे गरेको अारोप लगाएको बताएकी छन्
भिडियो हेर्नुहोस
प्रकाशित मिति July 17, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।