सम्बन्धविच्छेदको फैसला हुनै लाग्दा श्रीमानलाई ८ अर्बकाे चिठ्ठा परेपछि…

पाेखरा। अमेरिकाको मिशिगनका रिचर्ड डिक जेलास्कोको त्यतिबेला खुसीको सीमा रहेन जब उनलाई ८ अर्ब ८७ करोड ( ८० मिलियन डलर)को चिठ्ठा पर्यो ।

अदालतले आदेश दिएको छ कि यो रकमको आधा उनले श्रीमतीलाई दिनुपर्छ,

रिचर्डको बिहे २००४ मा मेरी बेथ जेलास्कोसँग भएको थियो । उनहिरुका तीन सन्तान छन् । चिठ्ठा पर्दा उनको श्रमितीसँग सम्बन्धविच्छेदको केस अदालतमा चलिरहेको थियो तर फैसला हुन बाँकी छ। अदालतको आदेशमा त्यतिबेला उनीहरु २ वर्षदेखि छुट्टाछुट्टै बसिरहेका थिए ।

यो फैसलाविरुद्ध रिचर्डका वकिलले पुनरावलोकनको लागि निवेदन दिएका छन् ।२०१३ मा जब रिचर्डलाई चिठ्ठा पर्यो त्यतिबेला उनीहरुबीच सम्बनधविच्छेदको केस चलिरहेको थियो ।

निवेदनमा तर्क गरिएको छ कि लट्री लाग्नु रिचर्डको भाग्य हो । यसमा पत्नीलाई आधा दिनु पूर्ण रुपमा गलत हो ।  वकिलका अनुसार यदि अदालतले फैसला नबदलेमा उनी सर्वोच्च अदालत जानेछन् ।

प्रकाशित मिति July 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।