जग्गेमा चल्दै थियाे विहेः एक्कासि बेहुला–बेहुली प्रहरीद्धारा पक्राउ, आखिर किन ?

पाेखरा। विराटनगर जग्गेबाटै बेहुला–बेहुलीलाई प्रहरीले नियन्त्रणमा लिइराखेकाे छ। विराटनगर महानगरपालिका ४ मा धुमधामसाथ बिहेको कार्यक्रम चलिरहेका बेला बालविवाह भइरहेको सूचनाका आधारमा प्रहरीले दुबैजनालाई प्रहरीले पक्राउ गर्याे।

उमेर नपुगिकन १८ वर्षीय एक किशोरीलाई २४ वर्षीय भारतीय युवकसँग बिहे भइरहेको पक्राउ गरिएको

बेहुलीको घर विराटनगर ४ र बेहुलाको भारत हरियाणा भएको प्रहरीले बताएका छन् ।

‘बेहुलाको उमेर पुगे पनि बेहुलीको बिहे गर्ने उमेर नपुगेकाले बिहे गर्न मनाइ गरे। अभिभावकलाई झिकाएर सम्झाई बुझाई गर्दै युवतीको उमेर नपुगिकन बिहे नगर्ने सर्तमा दुवै जनालाई सोमबार साँझ जिम्मा लगाएर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति July 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।