बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंहको हालै रिलिज भएको ‘दे दे प्यार दे’ फिल्मले राम्रै कमाइ र चर्चा पाइरहेको छ। यस फिल्मको चर्चाले उनलाई फिल्मको निकै अफर पनि आउन थालिरहेको छ। तर पछिल्लो पटक उनले इन्स्टाग्राममा राखेको तस्बिर उनका फ्यानले मन पराएका छैनन् ।
अभिनेत्री सिंहले जिन्स पेन्टको बटन खोलेर खिचाएको तस्बिर इन्स्टाग्राममा राखेपछि उनका एक फ्यानले प्रतिक्रिया दिएका छन्, ‘यो घटियापन हो। जिन्सको बटन खोलेर अश्लीलता फैलाउनुको कुनै अर्थ छैन। यो तरिका गलत छ। यस्तो फेसनको आवश्यकता छैन।’ उनका अर्का फ्यानले लेखेका छन्, ‘तपाईंलाई पैसा चाहिएको भए मेहनत गर्नुस्, एक्सपोज होइन। यस बिषयमा उनले प्रतिक्रिया दिएकी छैनन । अभिनेत्री सिंहले सन् २०११ मा ‘यारिया’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।