पिताले गर्भवती छोरीलाई भेट्न बाेलाए, भेटेर खुट्टा ढाेग्दा छि*नाए घाँटी…

पाेखरा। भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि २० वर्षे गर्भवती युवतीको ह*त्याको भएकाे थियाे। यस अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरिन् । यसै कारण रिसाएका पिताले छोरीको घाँटी का*टेर ह*त्या गरेका हुन । पुलिसले युवतीको  शव आइतबार बिहान फुटपाथमा भेटाएका थिए। उनकाे पितालाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार मिनाक्षी चौरसिया चार महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रैपटक ह*मला गरे, जसका कारण उनको मृ*त्यु भयो ।

परिवारको मर्जीबिना गरेकी थिइन् विवाहः

पुलिस अधिकारी अखिलेश सिंहले भने, ‘हामीलाई बताइयो कि उनीहरु फेब्रुअरीमा मध्यप्रदेशको सतना गएका थिए। त्यहाँ मिनाक्षीले बृजेश नामको युवकसँग अदालती विवाह गरेकी थिइन् । पिताले मिनाक्षीको विवाह मुम्बईको विरारमा बस्ने एक युवकसँग निश्चित गरिसकेका थिए । यसका लागि पूरा तयारी गरियो र कार्डसमेत छापियो । प्रेम विवाहको कुरा सार्वजनिक भएपछि राजकुमार छोरीसँग रिसाए ।’खुट्टा ढोग्न निहुरिइन् छोरी, पिताले चक्कु प्रहार गरे।

यद्यपि, विवाहलाई स्विकार गर्दै छोरीलाई कहिले पनि गाउँ नजान भने । तर हालै जब मिनाक्षी गणपति महोत्सवमा भाग लिन गाउँ पुगिन् तब राजकुमार रिसाए । शनिबार बेलुका छोरी र पिताको फोन भयो, त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए र भेटेपछि मिनाक्षीले पिताको खुट्टा ढोग्न झुकेकाे बेला चक्कुले ह*मला गरे ।

प्रकाशित मिति July 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।