यी मोडलकाे बारुले कम्मरले खिच्याे संसारकाे युवाकाे ध्यान…

पाेखरा। महिलाहरुले सुन्दर बन्नका लागि अनेक उपाय गरेर देखाउछन् । कतिले त पुरुषको ध्यान तान्नलाई के सम्म गर्न पछि पर्दैनन् । उनकाे साेचाइमा मोडलले प्रमाणित गरेकाे हुन्छ ।

मेकअप मात्र होइन, शरीरलाई पनि अनेक स्टाइलको बनाउन महिलाले कडा मेहनत गर्ने गर्छन् ।महिलाले बारुले कम्मर बनाउनलाई पनि खुबै मेहनत गर्ने गर्छन् । भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो कम्मरलाई यति जिरो फिगरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन् ।

विदेशी सञ्चार मिडियामा आएका समाचारका अनुसार उनले ६ वर्ष कडा मेहनत गरेर आफ्नो कम्मर यो अवस्थाको बनाएकी हुन् । यो समयमा उनले २० पटकभन्दा बढी सर्जरी गरेकी छिन् । दिनमा २३ घण्टासम्म कसिलो कपडा लगाउने गर्थिन् । उनको शरीरको बनावट त ठीकै छ तर कम्मर निकै पातलो छ । एजेन्सीका अनुसार ती मोडलले आफ्नो कम्मर २० इन्चको बनाएकी छिन् ।

प्रकाशित मिति July 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।