छविको शिल्पालाई खुल्ला पत्रः ‘अन्तिम साँस शिल्पासंग फेर्न चाहान्छु’

पाेखरा – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद अझै सप्रिएकाे छैन् । यी दुबैको विवाद अझै नसुल्भिएको उनीहरुले मिडियामा दिइरहेको प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ ।

यतिबेला मिडियामा उनीहरुको डिभोर्सको चर्चा चलेकाे छ । सायद त्यसैले होला छविले शिल्पालाई कुनै अदालत नजान र आफ्नै अदालतमा आउन अनुरोधसमेत गरेका छन् ।

छविकाे स्टाटसमा लेखेका छन् ‘यदि तपाई साच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एक पटक आएर कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस् । आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन ।’

केही अनलाइन मिडियाले छविसँगको डिभोर्सका लागि शिल्पाले कागजपत्रसमेत फाइल गरिसकेको समाचार बनाए । यस विषयमा निर्माता छविराज ओझालाई केही जानकारी नभएको पनि होइन । उनले पनि डिभोर्सको हल्ला वा आधिकारिकता सुनेकै हुनपर्छ । छविले सोमबार आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस पोष्ट गर्दै शिल्पालाई अन्य अदालतमा भन्दा आफ्नै अदालतमा उचित न्याय पाउने बताएका छन् ।

यस विषयमा शिल्पाले आधिकारिक धारणा न त सामाजिक संजालमा नल्याकाे प्रशाशन कार्यलयले बताएकाे छ। । मिडियामा भने उनले छविसँग डिभोर्स लिने निश्चित भइसकेको जस्ता समाचार छाउन थालेका छन् ।

छविले लेखेका स्टेटस:
शिल्पा जि,

मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईंN] छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ?

यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।

मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

प्रकाशित मिति July 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।