‘मुटुभित्र तिम्रो’ गीतमा देखाइन् अञ्जली अधिकारीले यस्ताे अवतार…( हेर्नुहाेस् भिडियाे)

पाेखरा–नेपाली गीत संगीतमा पछिल्लो समय निकै चर्चामा रहेकी मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेकाे छ।

प्रकाश सपूतको गलबन्दी बोलको गीतपछि अञ्जली एकाएक चर्चामा आएकी हुन् ।

प्रेम र सूर्यदा मगरको स्वर रहेको उक्त गीत आइतबार सार्वजनिक भएकाे हाे । डिजिटलमार्फत सार्वजनिक गरिएकाे हाे ।

गीतमा अञ्जली अधिकारी निकै बोल्ड अवतारमा प्रस्तुत

गीतमा शब्द तथा संगित दुवै सो प्रेममा भएकाे देखाइएकेा छ। ‘मेरो खुशी’ एल्बमको टाईटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक भिडियोको निर्देशन भने निकेश खड्का हुन् ।

भिडियोमा अञ्जली अधिकारीसँगै निराजन प्रधानको अभिनय रहेको छ । गीतको छायांकन भने बुद्ध थापाले गरेका हुन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति July 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।