छोरा हिरो बाबु भिलेनः भुवन र अनमोलको भिडन्त (भिडियोसहित)

भुवनले भने, “याे मेराे नयाँ चलिचित्रकाे गेटअप बनाउने काेशिस गरेकाे छु । मेराे अागामी चलचित्रमा चाहीँ म टाेटली नेगेटिभ क्यारेक्टरकाे भूमिकामा देखिँदैछु,

अभिनेता भुवन के.सी. अब आउने चलचित्रमा छाेरा अनमोलसँग भिलेनको रुपमा देखिने बताएका छन् । आइतबार राजधानीमा चलचित्र ‘मिस्टर नेपाली’को क्लाप इन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उमेरले ६० वर्ष नाघी सकेका भुवन कुनै पनि कार्यक्रममा आउँ गेट अपमा विशेष ध्यान दिने गर्छन् र सक्दो जवान देखिने प्रयासमा रहन्छन् । तर, आइतबार भने उनी फुलेको पातलो दारिसँगै कार्यक्रममा आए । रमाइलो माहोल बनाउने हेतुले पत्रकारले दारी फुल्नुको कारण सोध्दा भुवनले आफ्नो अर्को चलचित्रको लागि तयारी गरिरहेको बताए ।

भुवन के.सि., रिमा विश्वकर्मा लगायत केही नयाँ कलाकारको अभिनय रहेको चलचित्रको अधिकांश छायांकन नवलपरासिमा

अब अनमोलसँगको चलचित्रमा आफू पूर्ण रुपमा खलपात्रको भुमिकामा देखिन लागेको पनि उनले खुलाए । भुवनले भने, “याे मेराे नयाँ चलिचित्रकाे गेटअप बनाउने काेशिस गरेकाे छु । मेराे अागामी चलचित्रमा चाहीँ म टाेटली नेगेटिभ क्यारेक्टरकाे भूमिकामा देखिँदैछु, याे त्यसैकाे तयारी हाे ।”

त्यस्तै भूवन केसिले तीनवटा चरित्र निभाएको चलचित्र मिस्टर नेपालीको छायांकन सकिएको छ । छायांकन सुरु भएको छ हप्ता भित्रै काम सकेर चलचित्र टिमले आइतबार कार्यक्रमको आयोजना गरेको थियो ।कलाकार तथा प्राविधिकको मेहनतका कारण चलचित्रको छायांकन समयमै सकिएको पनि उनीहरूले बताए ।

भुवन के.सि., रिमा विश्वकर्मा लगायत केही नयाँ कलाकारको अभिनय रहेको चलचित्रको अधिकांश छायांकन नवलपरासिमा गरिएको हो । भुवनले यस चलचित्रमा पनि खलपात्रको चरित्र निर्वाह गरेको बताए ।

मिस्टर नेपालीकाे इन क्लाप कार्यक्रम भिडियोः

प्रकाशित मिति July 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।