पूजा शर्माले ‘पोइ पर्‍यो काले’मा देखाइन् यस्ताे रुप

पाेखरा –नेपाली नायिका पूजा शर्मा हालै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भइन् । पछिल्लो समय उनी महंगो पारिश्रमिक लिने नायिकाको सूचीमा पनि अटेकी छिन् । उनी अभिनित फिल्म ‘पोइ पर्‍यो काले’ रिलिज हुन बाँकी छ।

उनकाे केही तस्वीर प्रस्तुत:

राम्रो फ्यान फलोइङ कमाएकी पूजा शर्मालाई कन्ट्रोभर्सी क्वीन पनि भनिन्थ्यो कुनैबेला । अहिले भने उनी खासै विवादमा आउँदिनन् ।फिल्म र अभिनयकै कारण चर्चामा आउन चाहने पूजाले सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

फिल्म रिलिजका बेलामा मिडियामा छाउने र अरु बेला खासै चासो नदिने पूजा सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् ।

उनी अभिनित फिल्म ‘रामकहानी’ युट्युबमा हालै रिलिज भएको थियो । यो फिल्ममा पूजाको जोडी आकाश श्रेष्ठ छन् ।

प्रकाशित मिति July 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।