पाेखरा ३० असार । साउनदेखि कर्मचारीको तलब भत्ता वितरणमा नयाँ ब्यबस्था लागु हुने भएको छ ।
सरकारको यस कदमले निजी क्षेत्र भने रुष्ट बनेको छ । पूर्वाधार निर्माण तथा उत्पादनमूलक उद्योगमा ठूलो संख्यामा भारतीय मजदुर कार्यरत रहेकाले प्यान अनिवार्य गर्न नसकिने उनीहरुको भनाई छ ।
सरकारले साउनदेखि कर्मचारीको तलब भत्ता बढाउने र वितरणमा स्थायी लेखा नम्बर अनिवार्य गरेको छ ।
प्यान अनिवार्य गर्दा आफूहरुको लागत बढ्ने नभई झन्झट बढेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको हो । कर्मचारीका लागि प्यान अनिवार्य सम्भव भए पनि मजदुरका लागि भने यो लागू गर्न सम्भव नरहेको निजी क्षेत्र बताउँछन् ।
नेपालमा झण्डै पाँच लाख भारतीय मजदुर रहेको अनुमान गरिएको छ । त्यस कारणा यस प्यान बनाउन लागिएकाे हाे ।
प्रकाशित मिति July 15, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।