संसद भवनकै छेउको बिजुली पोलमा आगलागी

पाेखरा, ३० असार । काठमाडौं बानेश्वरमा रहेको संघीय संसद भवन पछाडि एक पोलमा आगलागी भएको छ । आगलागी विजुली सट भएर भएको प्रहरी अनुमान छ।

पोलमा रहेको तरमा आगलागी भएको प्रहरीले जनाएको छ । संसद भवन पछाडिको बाटोसँगै रहेको बिजुलीको पोलमा आज बिहान ह्वारह्वार्ती आगो बलेको हो । घरनजिकै रहेको पोलमा आगलाी हुँदा आगो घरतर्फ जाने खतरा भएपछि स्थानीय अतंकित बनेका थिए ।उक्त पोल नजिकै गाडीसमेत पार्किङ गरिएको थियो ।

प्रकाशित मिति July 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।