ग्यास आगलागी हुँदा भरतपुरमा पाँच जना घाइते…

पाेखरा। भरतपुर महानगरपालिका–१३ मा ग्यास चुहिएर आगलागी हुँदा पाँच व्यक्ति जलेर घाइते भए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारि भर्खर प्राप्त भएकाे छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते हुनेमा भारतको वेतियाका १८ वर्षीय विकास कुमार, १५ वर्षीय विकास कुमार, २२ वर्षीय शिव कुमार, २५ वर्षीय मनोज पासवान र २२ वर्षीय इन्द्रदेव पासवान गरेको प्रहरीले जनाएको छ । पौडेलको घर डेरा गरी बस्ने उनीहरुले खाना बनाउने क्रममा ग्यास चुहिएको थियो ।स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उजेलीनगरस्थित शिवप्रसाद पौडेलको घरमा काम गर्ने मानिसहरुले खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा भारतको वेतिया घर भएका पाँच जना घाइते भएका छन्।

प्रकाशित मिति July 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।