बस दुर्घटना : तीनजना महिलाको मृत्यु, २० घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुने सबै महिला छन् . २० जना घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । ।

मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१४ की ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँकी ७० वर्षीया जमुना मापछन् छन् । अर्की अन्दाजी ३०÷३५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ४ ख ५२९५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रकाशित मिति May 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।