‘ओ प्रिय’ सार्वजनिकः राहुल र आँचलकाे राेमान्स…(हेर्नुहाेस् भिडियाे)

पाेखरा–नेपाली फिल्म अभिनयमा दिन प्रतिदिन व्यस्त हुँदै गएकी यि अभिनेत्री आँचल शर्मा म्युजिक भिडियोमा पनि लगातार देखिदै अाएकी छन् । आँचल शर्मा अभिनिता नयाँ म्युजिक भिडियो ‘ओ प्रिय’ सार्वजनिक भइसकेकाे छ।

नेपाली गायक, संगीतकार एवं रचनाकार वासुदेव केसीको एल्बम ‘राइजिङ्ग सन’मा समावेश गीतको भिडियोमा आँचलले कलाकार अरुण क्षेत्रीसँग रोमान्स गरेकी हुन। यस भिडियोमा एकोहोरो प्रेम गर्ने अरुणले आँचललाई आफ्नो गरेको संघर्ष देखाइएको छ ।

सम्पादन तथा छायाँकन पवन सुस्लिङ्गको रहेको छ । गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ ।गीतमा आफुले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ किशोरहरुको मनोभावलाई महशुस गरेर गीत तयार पारेको गायक केसीले बताए। भिडियोको निर्देशन कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका हुन् ।

हेर्नुहाे्स् भिडियाेः

प्रकाशित मिति July 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।