७.३ म्याग्नीच्यूडको भूकम्प…मानिसहरू भागाभाग

पाेखरा, २९ असार– इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको भन्ने जानकारि अाएकाे छ ।

स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् र धेरै क्षेति पुराएकाे इन्डोनेसियाका प्रहरि प्रशाशन कार्यलयले बताएका छन्।

अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन ।भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको पनि अमेरिकी भूगर्भ केन्द्रले  बताएका छन् ।

प्रकाशित मिति July 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।