दिए कडा जवाफ राजेश हमालले बुवा कहिले बन्ने प्रश्नकाे…

पाेखरा – महानायक राजेश हमालको बिहे नहुँदासम्म फ्यान र र उनी निकटले सधै सोध्ने प्रश्न हुन्थ्यो, तपाईंले बिहे कहिले गर्ने ? उनलाई यो प्रश्नले हैरानी दिने गर्थ्यो । त्यसो त हमाल सधै मिडियामा छाउने र धेरै अन्तर्वार्ता दिन रुचाउने अभिनेतामा पर्दैनन् ।

अब वास्तविक जीवनमा कहिले उनलाई बाबु बन्ने मौका जुर्ला भन्नेमा फ्यानको निकै चासो छ ।

हमालले मधु भट्टराईसँग बिहे गरेपछि बारम्बार सोधिँदै आएको प्रश्न ‘बिहे कहिले गर्ने?’ भन्ने प्रश्नबाट पन्छेका छन् ।तर, आजभोलि भने हमाललाई ‘बिहे कहिले गर्ने ?’ को सट्टा कहिले बच्चा कहिले पाउने भन्ने प्रश्नले हैरान गरेको छ ।

’उनको भनाइअनुसार हमाल दम्पति अझै पनि बाबुआमा बन्न तयार छैनन् । यी दुवै खुशी जीवन बिताइरहेका छन् । नेपाली फिल्म क्षेत्रका सेलिब्रेटीमध्ये बिहे र व्यक्तिगत जीवनबारे फ्यानले धेरैले चासो राख्ने अभिनेता पनि हमाल नै हुन्।

बेलाबेलामा फ्यानबीच ट्रोल हुँदा पनि उनी रमाइलो मानिरहेका हुन्छन् ।फ्यानले बारम्बार बिहे कहिले गर्ने भनेर प्रश्न सोधिरहेपछि हमालले पनि भन्ने गरेका छन्, अब बिस्तारै बाबु बन्नुपर्छ ।

आफूमाथि बनेका कमेडी कुरालाई पनि मजाक बनाइदिने हमालले झन् आजभोलि त बाबु कहिले भन्ने प्रश्नलाई पनि मजाककै रुपमा लिने गरेका छन् ।पत्रकारले यो प्रश्न सोधिहाले भने यसलाई ठट्टाकै रुपमा लिन्छन् ।

हमालले मात्र होइन, अन्य कलाकारले पनि राजेश हमाल बाबु नबनेको विषयलाई लिएर व्यङ्ग्य गरिरहेका हुन्छन् ।केही समयअघि ‘प्रेम गीत ३’मा प्रदीप खड्काका बाबु बन्ने हल्ला थियो । तर, अन्तिम समयमा आएर हमालले उक्त भूमिकामा अभिनय नगर्ने जानकारदिए ।

एक अन्तर्वार्तामा हमालले भनेका थिए, ‘बच्चा पाउन मैले मात्र चाहेर हुने कुरा होइन, यसमा पत्नी मधुको पनि इच्छा हुनुपर्छ । फिल्मी करिअरमा केही ब्याक गियर लागे पनि उनको व्यस्तता घट्दो छैन । सधै उस्तै व्यस्त छ ।

प्रकाशित मिति July 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।