आज विश्वकप फाइनल : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै, कसले मार्ला बाजि ?

फाईनलमा घरेलु टोली ईङ्ल्याण्ड निकै बलियो देखिन्छ । तर भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्युजिल्याण्डलाई कम आँक्नु घरेलु टोलीका लागि घातक

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाईनलमा आज न्युजिल्याण्ड र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनलको खेलमा ईङ्ल्याण्डले अष्ट्रेलियालाई र न्युजिल्यान्ड भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

फाईनलमा घरेलु टोली ईङ्ल्याण्ड निकै बलियो देखिन्छ । तर भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्युजिल्याण्डलाई कम आँक्नु घरेलु टोलीका लागि घातक हुन सक्छ । केन विलियम्स कप्तानीको टोलीले कुनैपनि समय खेलमा पुनरागमन गर्ने हैसियत राख्छ । फाईनल खेल्दै गर्दा घरेलु टोलीमै धेरै दबाब हुनेछ । विगतको प्रर्दशनले समेत न्युजिल्याण्डलाई बलियो अवस्थामा देखाउँछ ।

न्युजिल्याण्डले फाईनलसम्मको यात्रा तय गरेपनि ओपनिङ जोडीले खासै ठुलो योगदान गरेको देखिदैन । कालिन मुनरो र मार्टिन गुप्टिल दुवै अनुभवी ब्याट्सम्यान हुन् । सोही कारण निर्णायक खेलमा दुवै खेलाडीले रन बनाउन आवश्यक देखिन्छ ।

प्रकाशित मिति July 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।