-ज्योतिषी गणेश काफ्ले ।
वि.सं.२०७६ साल असार २९ गते । आइतबार । इस्वी सन् २०१९ जुलाई १४ तारिख
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घटना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । साझपख लामो दुरीको धार्मिक यात्रा हुने योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा एक अर्कालाई शङ्काको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेको छ । व्पापारमा समय दिन नसक्दा वा ध्यान नदिँदा घाटा लाग्न सक्छ । साझेदारी व्यवसाय सकभर आजको दिन सुरु नगर्नु होला । विलासी बस्तुको प्रयोग गर्न पाइने भए पनि बढिनै उत्साहित हुँदा नकारात्मक परिणाम देखा पर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। कीर्तिमान् काम सम्पादन गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रमाइलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरिन मनग्गे आम्दानी हुनेछ भने नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यावासायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले माया प्रेममा रमाई समय बिताउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकाङ्क्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । साझपख समय मध्यमय रहेकोले आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कुटुम्ब तथा बोली भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब सँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्ययमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एकका कदम अगाडि आउनेछ भने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समय अनुकूल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाथे आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामान्य काममा लल्झने समय रहेको छ । अरूकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाई लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरूतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्पापार व्यावासायमा मन्दी आउने भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । साझपख प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकाङ्क्षा पुरा गर्न सकिनेछ । साझपख लामो दुरीको यात्राको तय हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्यमबाट आफ्ना बिचारहरू मनमानसमा लैजान सकिनेछ ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।