केकी अधिकारीः आफ्नाे बास्तविक बताउँदै…

पाेखरा, बानेश्वरमा रहेको ह्वाइटहाउस कलेजबाट प्लस टू पढेकी हुँ। प्लस टूमा साइन्स पढेँ। स्कुल पढ्दाताका कलेज पुगेपछि के–के न होलाजस्तो हुन्थ्यो। तर, सोचेजस्तो केही भएन। साइन्स गाह्रो थियो। पढाइको प्रेसर थियो। पढ्नमा राम्रो विद्यार्थी थिएँ।

परीक्षा आउन एक महिनाअघिदेखि नै सुटिङ बन्द गरेर पढ्न बस्थेँ। ब्याचलर्स पनि राम्रो अंकले पास गरेँ। प्लस टू पढ्दा दीप्ति बिसी, मिथुन कार्की मेरा मिल्ने साथी थिए। कलेजमा साथीहरूसँग रमाइलो गर्ने समय कमै पाइन्थ्यो। कलेजमा साथीहरूसँग खूब रमाइलो गरियो। त्यति बेलै हो, मैले कलाकारिता क्षेत्रमा करिअर सुरु गरेको। ब्याचलर्स पुगेपछि बल्ल कलेजको स्वाद चाख्न पाइयो। प्राइम कलेजबाट ब्याचलर्स गरेकी हुँ। म्यानेजमेन्ट लिएर पढेँ। पढाइमा खासै दबाब थिएन।

एक पटक स्नातकोत्तरको त्रैमासिक परीक्षाका बेलामा ‘श्री ५ अम्बरे’ फिल्मको सुटिङ भइरहेको थियो। एकातिर जाँच छोड्न नमिल्ने, अर्कोतिर सुटिङ। काम गर्दा सधैँ कलेज जान भ्याउँदिन थिएँ। परीक्षामा भने प्रेसर हुन्थ्यो। म्युजिक भिडियोको सुटिङमा बिहान कलेज भ्याएर जान्थेँ। फिल्मको सुटिङका लागि भने बिदा लिन्थेँ।

स्नातकमा पढ्दा एक पटक कलेज बंक गरेँ। सरले थाहा पाउँदा नराम्रोसँग गाली गरे। त्यही मेरो कलेज लाइफको पहिलो र अन्तिम बंक भयो। कलेजको वातावरण एकदमै कडा थियो। मलाई सबै सर÷मिसले माया गर्नुहुन्थ्यो। मेरा लागि कलेज ड्रेस अनिवार्य थिएन। तर, अरूका लागि चाहिँ अनिवार्य थियो। परीक्षामा समय मिलाउन गाह्रो हुन्थ्यो। सुटिङको लागि फोन आएको आई हुन्थ्यो, आफूलाई चाहिँ जाँचको पिर हुन्थ्यो।मास्टर्स प्रेसिडेन्सियल कलेजबाट गरेँ। कलेजमा ८० प्रतिशत हाजिर हुनैपथ्र्यो।

जता जान परे पनि बिहान कलेज सक्काएर जान्थेँ। काठमाडौँबाहिर जानुपर्दा सरहरूलाई भनेर बिदा लिएर जान्थेँ। सुटिङबाट ब्रेक पाउँदा कुनामा गएर पढ्थेँ। रातभर सुटिङ हुन्थ्यो। सुटिङबाटै बिहान ६ बजे परीक्षा दिन कलेज पुग्थेँ। मास्ट्र्समा ब्याचलर्समा जस्तो रमाइलो गर्न पाइएन। सरहरू सहयोगी हुनुहुन्थ्यो।कलेज नआएको समयको नोट दिनुहुन्थ्यो, नबुझेका कुरा जतिखेर सोध्दा पनि बुझाउनुहुन्थ्यो।

सतीश ओझा सरलाई सधैँ सम्झिरहन्छु। उहाँले कलेजमा निकै सहयोग गर्नुभयो। थेसिस लेख्दा पनि धेरै मद्दत गर्नुभयो। उहाँ नभएको भए समयमा थेसिस बुझाउन सक्दिनथेँ। धेरै दुःख, मेहनत गरेर स्नातकोत्तरको पढाइ पूरा गरेँ। पढाइ र कामको चक्करमा कलेज लाइफका रमाइला क्षण मिस गरेँ जस्तो लाग्छ।

श्राेत्र सम्पूर्णा उइक्लि

प्रकाशित मिति July 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।