होसियार! हेर्दा आँप, खाँदा विषः कसरी बँच्ने ?

डा. प्रकाश बुृढाथोकी
फास्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले पाकेका फलफूलमा फस्फोरस, आर्सेनिक, न्यून फु्रुक्टोज तथा कम पोषण खा“दा क्यान्सरसम्म हुन सक्ने

बढ्दो गर्मीसँगै शास्त्रीय अमृत फल तथा आयुर्वेदीय औषधी आँपकै चर्चा र बाहुल्य छ। करिब २५ प्रकारका केरोटेन्वाइडस, म्यागोफेरिल, प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बाेहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन ए, सी र बी भएको आँपले शीतलता दिने र लु लाग्नबाट जोगाउँछ, बलवद्र्धक, धातुवर्धकको काम गर्छ।

फलको राजा भनेर चिनिने आँप हरेक महिना फलफूल पसलमा पाइने गरेका छन्। आँप मात्र होइन, केरा, स्याउ, मौसमलगायतका ताजा तथा मौसमी भनिने फलफूल बजारमा जुनसुकै मौसममा देखिन थालेका छन्। बेमौसममा यस्ता फलफूल पाइँदा र किनेर खाँदा तथा खुवाउँदा कतै स्वास्थ्य बिगार्दै त छैनौं भन्ने डर सबैमा आउँछ र हुनुपर्छ पनि। रूखमै पाकेको फल अझ भन्नुपर्दा मौसममा मात्र मौसमी फलफूल पाउन छोडेर सदावहार फलफूल भइसकेका छन्।

फलफूलमा मिसाइने रसायनले चिलाउने, चहराउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा, झाडापखाला, फ¬ड प्याइजनिङ, ब्लड क्यान्सर, अपांगता, सुस्त मनस्थिति, प्रजनन क्षमतामा कमी, गलगाँड, मिर्गौलामा समस्या निम्त्याउँछन्।

मनै लोभ्याउने पहेंला केरा, मेवा, अम्बा, आँप, भुइँकटहर एकैनासले छिटो पकाउनका लागि कार्बाइड रसायन प्रयोग गरिँदै छ। जबर्जस्ती पकाइएको फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै, पौष्टिक तत्व पनि कम हुन्छ। नियमित खा“दा मुखमा घाउ, वाकवाकी र वान्ता हुने, ज्वरो आउने, टाइफाइड हुने, जीउ दुख्ने, झाडापखाला लाग्ने, ग्यास्ट्रिक पेटसम्बन्धी गम्भीर समस्या र कहिलेकाहीं फुड प्वाइजनिङसमेत हुन सक्छ। आलस्य र कमजोरी उत्पन्न गर्छ। मांसपेसी दुखाउँछ। फास्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले पाकेका फलफूलमा फस्फोरस, आर्सेनिक, न्यून फु्रुक्टोज तथा कम पोषण खा“दा क्यान्सरसम्म हुन सक्ने भएकाले खतरनाक छ।

नियन्त्रित तापक्रममा राख्न र हानिकारक नभएको रसायन इथेफोन प्रयोग गर्न खर्चिलो भएकाले चाँडो बेचेर छिटो धनी हुन सस्ता, हानिकारक रसायन क्याल्सियम कार्बाइडद्वारा फलफूल पकाउँछन्। यसमा एसिटिलिन, आर्सेनिक, फस्फोरसजस्ता हानिकारक तत्व भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ। राम्रो र ताजा फलफूल बनाउन नोभान, मेटासिक्स र छिटो पकाउन इथिलिन, इथाफोन नामक रसायन मिसाइन्छ। फलफूलमा मिसाइने रसायनले चिलाउने, चहराउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा, झाडापखाला, फ¬ड प्याइजनिङ, ब्लड क्यान्सर, अपांगता, सुस्त मनस्थिति, प्रजनन क्षमतामा कमी, गलगाँड, मिर्गौलामा समस्या निम्त्याउँछन्।

मस्तिष्कमा असर पारी टाउको दुख्ने, रिँगटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक द्विविधा हुने, सेरेब्रममा पानी जम्ने र पक्षाघातसमेत हुने सम्भावना रहन्छ।

प्रतिकिलो एक सय रुपैयाँ पर्ने कार्बाइड चीन, ताइवान र दक्षिण अफ्रिकाबाट भारत हु“दै आयात गरिन्छ। कार्बाइड घर पोत्ने चुनजस्तो सेतो र ढुंगाजस्तै कडा तत्व हो, जसमा अक्सिजन मिसिएपछि ताप उत्पन्न हुन्छ, हातले छु“दा फोका उठ्छ। घाममा राख्दा विषालु ग्या“स तीव्र उत्पन्न हुन्छ। फलफूलमा भएको आद्रता वा पानीले रसायनिक प्रतिक्रिया भई आर्सेनिक र एसिटाइलिन ग्या“स उत्पन्न हुन्छ र एसिटाइलिन र अक्सिजनको मिसावटबाट दुई हजार डिग्री सेन्टिग्रेडको आगो बनाई पाक्ने क्रियालाई तीव्र बनाउ“छ र एक दिनमै आँप, केरा पकाउ“छ। यसले गर्दा दैनिक रूपमा उपत्यका भित्रिने दर्जनौं ट्रक या सयौं टन काँचा आँप, केराजस्ता फलफूल एक दिनमै पकाएर बेचिन्छ।

क्यान्सर, नपुंसकता, रोगविरुद्धको प्रतिरोध क्षमतामा ह्रास, मिर्गौला र कलेजो बिग्रने, ट्युमर हुने, गर्भ तुहिने, पक्षघात, दीर्घकालीन समस्या

मस्तिष्कमा असर पारी टाउको दुख्ने, रिँगटा लाग्ने, निद्रा लाग्ने, मुड फेरिने, मानसिक द्विविधा हुने, सेरेब्रममा पानी जम्ने र पक्षाघातसमेत हुने सम्भावना रहन्छ। यस्ता तरकारी, फलफूल खा“दा शरीरमा विषादी प्रवेश गरेपछि ग्यास्ट्रिक बढ्ने, पेट, टाउको दुख्ने, पखाला लाग्ने, वाकवाकी, थकाई, शरीरमा आलस्य, काम्ने, रिँगटा लागेर बेहोस हुने र ढल्ने हुन्छ। धेरैमा तत्काल असर नपरे पनि लामो समयपछि फोक्सो, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउ“छ। लुलो, लगँडो, क्यान्सरजस्ता दीर्घकालीन असर देखा पर्छ। अत्यधिक प्रयोगले मधुमेह, उच्च रक्तचाप, पक्षघात, मुटुरोग, पत्थरी र क्यान्सरले आक्रान्त पार्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष ४० लाखभन्दा बढी व्यक्ति विषादीका कारण बिरामी हुन्छन् र पाँच लाख बढीको मृत्यु हुने गर्छ। नेपालमा ४० देखि ५० करोडको विषादी आयात हुन्छ। विषादीको मात्रा बढी भएका तरकारी तथा फलफूल नपखाली सेवन गर्दा वाकवाकी लाग्ने, टाउको दुख्ने, आ“खामा समस्या, छाला पोल्ने, रिँगटा लाग्ने, पसिना आउने, थकाइ लागेको महसुस, खाना विषाक्त र पखाला लाग्ने लÔण देखा पर्छन्। क्यान्सर, नपुंसकता, रोगविरुद्धको प्रतिरोध क्षमतामा ह्रास, मिर्गौला र कलेजो बिग्रने, ट्युमर हुने, गर्भ तुहिने, पक्षघात, दीर्घकालीन समस्या देखिन सक्छन्। नेपालमा प्रतिहेक्टर १४२ ग्राम विषादी प्रयोग हँुदा पनि सचेतना र मानवीय समवेदना नहुँदा यस्तो आतंक छ। जबकि कोरियामा प्रतिहेक्टर १६ किलो विषादी खपत भए पनि सचेतनाका कारण बजारमा उपलब्ध तरकारी र फलफूलमा विषादी पाइँदैन।

जर्नल अफ इर्मजेन्सी मेडिसिनमा प्रकाशित अध्ययनमा कार्बाइड हाली पकाइएका फलफूलमा आर्सेनिक र फस्फोरस पाइन्छ। एसिटाइलिनले स्नायु प्रणालीमा प्रभाव पार्दै टाउको दुखाई कुनै काममा मन नलाग्ने, बेचैनी, स्मरण क्षमतामा कमी, बढी निद्रा, अप्ठेरो अनुभवजस्ता असर पनि हुने देखाएको छ। मुटु, कलेजो र मस्तिष्कमा पनि असर पारेको पाइएको थियो। रसायनद्वारा पकाएका आँप, केरालगायतका फलफूल खा“दा भने होस पुर्‍याउनै पर्छ। विषादीलाई प्रायः कृषक तथा व्यापारी अज्ञानताका कारण औषधी मानी जथाभावी प्रयोग गर्छन्। बिहान विषादी छर्केर बेलुका नहुँदै भोलि बजारमा बेच्छन् र खान्छन्। त्यसो त, माछा र अन्य जगंली जनावर मार्नमा पनि विषादी प्रयोग भइरहेको छ।

सय ग्राम पानीमा दुई प्रतिशत नुन राखेको पानीमा १५ मिनेट तरकारी तथा फलफूल डुबाउँदा ७० प्रतिशत विषादी नष्ट हुन्छन्। त्यस्तै कागती पानीमा ३० मिनेट डुबाउँदा ९० प्रतिशत विषादी कम हुन सक्छ।

फलफूल बेमौसममा पाइन्छ। फलफूलमा एकैनासको तर फरक–फरक आकर्षक रङ देखिन्छ, टल्किन्छ। फलफूलमा कालो थोप्ला, कुनै भाग गलेकोे, कुनै भाग साह्रो भएको, बाहिर पहेंलो तर भित्र काँचो भएको हुन्छ। स्वाद खल्लो, मधुरो वा बिग्रेको तथा छाम्दा रस नभरिएजस्तो, कतै गिलिक्क र कतै साह्रो, फलमा गिर्खा भेटिए कार्बाेइडले पकाएको हुन्छ। पाकेका बम्बई, मालदाहजस्ता आँप हरियो हुनुपर्नेमा पहेंलै हुन्छ। घरमा राखेको २—३ दिनपछि फलफूलका बोक्रामा कालो धब्बा देखिएमा रसायनद्वारा पकाइएको फल ठहर्छ।

भनिन्छ– सय ग्राम पानीमा दुई प्रतिशत नुन राखेको पानीमा १५ मिनेट तरकारी तथा फलफूल डुबाउँदा ७० प्रतिशत विषादी नष्ट हुन्छन्। त्यस्तै कागती पानीमा ३० मिनेट डुबाउँदा ९० प्रतिशत विषादी कम हुन सक्छ। बोक्रा फालेर तीनचार पटक सफा पानीले पखालेर खाने गर्दा पनि विषाक्तबाट मुक्त हुन सकिन्छ।

फलफूल खानुअघि सफा पानीले राम्ररी धुनुपर्छ। धारामा केही मिनेट भिजाउँदा बोक्राको रसायन पानीले पखालिन्छ र आठ घण्टा पानीमा भिजाए रसायन हराउन सक्छ। आँप र स्याउलाई चाना पारेर खानुपर्छ। सबैभन्दा राम्रो त बेमौसमी वा समयअगावैका तरकारी, साग, फलफूल नखानु नै बेस हुन्छ।

अन्त्यमा, खाद्य ऐन २०२९ ले कार्बाइड प्रयोगमा बन्देज छ। नियम पनि थुप्रै छन्। गुणस्तरहीन फलफूल बिक्री गरेमा ५० हजार रुपैयाँको जरिबाना र तीन वर्षसम्मको सजाय गुणस्तरसम्बन्धी नियमावलीमा छ। जीवननाशक विषादी नियमावली २०५० को दफा १५ मा प्रतिबन्धित रसायन, विषादी बिक्री गरे दुईदेखि पाँच हजार जरिबाना वा लाइसेन्स खारेजी गर्न सकिने उल्लेख छ। तर, हरेक नेपाली जन्मेदेखि मर्दासम्म हरेक पाइलामा यस्ता रसायनको संसर्गमा रहँदा पनि हालसम्म कसैले सजाय पाएको देखिँदैन।

—वीर अस्पताल काठमाडौंमा कार्यरत डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।
स्रोतः अन्नपुर्ण पोष्ट

प्रकाशित मिति July 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।