६६ जना यात्रु बाेकेकाे यती एयरलाइन्स विमान दुर्घटना…. यस्ताे छ अबस्था

पाेखरा । यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियाे । यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको अन्तराष्टियका मानिसले बताएका छन् ।

विमान स्थलमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको उक्त विमान कम्पनीका मानिसले बताएका छन् । महाप्रबन्धक क्षेत्रीका अनुसार यतिको विमान धावनमार्गमा चिप्लिएपछि विमानस्थबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ । नेपालगञ्जबाट आएको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

धावनमार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’तर्फ लैजाने प्रयास भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।त्यस कार्यमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारीलगायत खटिएको उहाँले बताएका छन्।

प्रकाशित मिति July 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।