३ खानलाई पछार्दै यती धेरै कमाउने बलिउड सेलीब्रेटी बने अक्षय कुमार

संसारभर बढी कमाउने नायकको रूपमा बलिउडबाट अक्षयकुमारले अन्य सबैलाइ पछि पारेक छन । फोर्ब्सले संसारभरमा वर्षमा धेरै कमाउने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा बलिउड अभिनेता अक्षय कुमारको नाम पनि अटाएको छ भने अन्य बलिउड अभिनेताको नाम भने छैन ।

कुनै बेला लिस्टमा अमिताभ बच्चन, शाहरुख खान, सलमान खान र अक्षय कुमार आउने गर्थ्यो । तर अहिले भने यो सूचीमा अक्षय कुमारले पकड कायम गरेक छन ।

सन् २०१८ मा पनि भारतीय सेलिब्रेटीमा अक्षय कुमारले अरुलाई पछि पारेका थिए । त्यतिबेला सलमान खानको नाम पनि सूचीमा अटाएको थियो । अहिले उनको पनि लिस्टमा नाम छैन ।

फोर्ब्सको लिस्टमा ३३ औँ नम्बरमा छन् अक्षय कुमार । उनले एक वर्षमा कुल ६५ मिलियन डलर (७१ करोड रुपैयाँ) कमाइ गरेका छन् । योसँगै अक्षय कुमार बलिउडमा सबैभन्दा बढी कमाउने सेलिब्रेटी बनेका छन ।

प्रकाशित मिति July 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।