पशुपति शर्मा र देवी घर्तीकाे नाैलाे तीज गीत सार्वजनिक

पोखरा,
२६ असार / नेपाली लोकप्रिय गायक तथा सर्जक पशुपति शर्माले यो बर्षको नयाँ तीज सार्वजनिक गरिसकेको छन् । देवी घर्ती राजु ढकाल , सुस्मिता घर्ती र पशुपति शर्माको स्वरमा रहेको यश गीतमा शब्द संगीत तथा गायक पशुपति शर्माको छ ।

‘गायिका देवी घर्ती र राजु ढकालको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको गीतको भिडियो निविन घर्ती मगरले सम्पादन गरेका हुन् ।
शर्मा हरेक बर्षको तीजमा शर्माको गीत अग्रपंक्तिमा रहँदै आएको थियो भने, यो बर्ष पनि उनको गीतले तीजलाई राम्रोसँग बिदाई गर्ने देखिन्छ ।

यश गीतको भिडियोमा गायक गायिका सबैले कम्मर मर्काएका छन् । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोलाई विजय बुढा मगरले खिचेका हुन् । हाल समय पशुपति शर्मा निकै चर्चामा छन् ।

प्रकाशित मिति July 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।