‘छ माया छपक्कै’ टिमले रिलिज मिति फाइनल गरे

पाेखरा – यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ ले प्रदर्शन मिति ताेकिएकाे छ । यसअघि फिल्म दशैँको मौका पारेर रिलिज हुने भनिए पनि मिति ताेकिएकाे थिएन् ।निर्माण टिमका अनुसार यो फिल्म असोज १० गते प्रदर्शन हुने भएको छ ।

चलचित्रमा दीपकराज गिरी र केकी अधिकारीको जोडी देखाइएकाे छ । फिल्मको छायांकन नसकिँदै विदेशी राइट्स एक करोडभन्दा बढीमा विक्री भएको यो फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् भन्नि कुरा जनाएका छन् । फिल्ममा केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको पनि अभिनय रहेकाे दर्शकलार्इ जानकारि दिएका छन् ।


यो फिल्मले दर्शकको ध्यान तान्ने देखिए पनि यो मितिमा अर्को फिल्म ‘घामड शेरे’ पनि पद्रर्शनमा आउने सम्भावना

योसँगै दशैँमा अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ पनि प्रदर्शन हुँदैछ । फिल्म फूलपातीका दिनदेखि रिलिज हुने सम्भावना बढेको छ । यद्यपि ‘घामड शेरे’ र ‘रातो टीका निधारमा’ टिमले रिलिज मिति भने फाइनल तयार पारेकाे छैन् ।

प्रकाशित मिति July 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।