यी युवती आफ्नो खुट्टा काटेपछि बनिन् कुशल नृत्यंगना

पाेखरा– मानिसलाई हिडडुल गर्न खुट्टाको साहारा चाहिन्छ । तर, अचम्म के छ भने बेलायतकी एक युवती आफ्नो खुट्टा काटेपछि मात्र कुशल नृत्यंगना बनिन् र अहिले देश भर प्रकाशित भएकी छन् ।ल्याभियामा जन्मिएकी उनी हाल अमेरिकामा बस्छिन् ।

उनी बाल्यकालमा दुर्घटनामा परेपछि उनको बाँया हिप र खुट्टामा समस्या परेको उनले बताइन । बारम्बार उनी आफ्नो खुट्टा काट्न चाहान्थिन् । जसका कारण उनीभित्रको प्रतिभा कुन्ठित थियो । दुर्घटनाकै कारण उनी हिडडुल गर्न सक्ने अवस्था समेत टर्दै जाने सम्भावना बढ्याे ।

तर डाक्टर झन खतरा हुने अवस्था देखेर खुट्टा काट्न मनार्इ गरे । बेलायती यी युवतीले आफ्नो खुट्टा काट्नकै लागि डाक्टरलाई पाँच वर्षसम्म फकाउनुपरेको थियो ।खुट्टा काटेपछि उनले आफूलाई नयाँ ढङ्गले पुनर्निर्माण गरिन् । उनले आफूलाई एक कुशल गायिका तथा डान्सरको रुपमा स्थापित गरेकी छिन् ।

३१ वर्षकी भिक्टोरिया मोडेस्टाले खुट्टा काटिएपछि विभिन्न डिजाइनका नक्कली खुट्टाको साहारामा कार्यक्रममा प्रस्तुत हुन्छिन् । हालै भिक्टोरियाले पेरिसको क्रेजी हर्समा भएको एक प्रस्तुतिले उनको व्यापक चर्चा छ ।

उनी १२ वर्षको उमेरमा भिक्टोरिया लण्डन गइन् र २० वर्षको उमेरमा उनले आफ्नो खुट्टा काट्ने निर्णय गरिन् । उनले भिक्टोरियामा एकपटक भनेकी थिइन् कि खुट्टा काटेपछि जीवनमा धेरै खुसी पाएँ । उनले भनेकी थिइन्, ‘जन्मिएको पाँच दिनसम्म आमाले हेरिनन् । मलाई अनाथालय पठाउन दबाब समेत दिइएको थियो ।’

बाल्यकालदेखि नै परेको बज्रपातलाई उनले साहसमाब बदल्लै आफूभित्रको खुबी अहिले आम दर्शकमाझ पस्किँदै आएकी छिन् ।विभिन्न शल्यक्रियापश्चात् पनि उनलाई भयंकर पीडा हुने र हिँड्न पनि समस्या भएका कारण खुट्टा नै काट्ने निर्णयमा पुगेकी थिइन् ।

प्रकाशित मिति July 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।