भारतीय दूतावासले विषादी परीक्षण रोक्न पठाएको पत्रबारे प्रधानमन्त्रीलाई राखियो गुमराहमा

पाेखरा — प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई ‘अनभिज्ञ’ राखेकाे बताएका छन् । भारतीय पक्षबाट आएको पत्रबारे , आफूले थाहा नपाएका हुनाले पत्र नअाएकाे प्रधानमन्त्रीको प्रष्टीकरण थियो ।यो कुनै देशसँग लक्षित होइन ।

नेपाल टेलिभिजनबाट बेलुका बुधबार सार्वजनिक भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा विषादी प्रकरणबारे भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र सुचना दाबी गरेका थिए ।

‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ’ प्रधानमन्त्री ओलीले बताए । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो। तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ। म त्यसबाट अत्यन्त दुखित छु ।’

ओलीले अगाडि भने‘र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो। एउटा यथार्थ मबाट लुकेको रहेछ।’

तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें । प्रधानमन्त्रीको यो अभिव्यक्तिले देशका कार्यकारी प्रमुख कति गुमराहमा रहेछन् र उनलाई उक्त सूचना दिन नखोज्ने को हो भन्ने प्रश्न उब्जिएको छ ।उनले विषादी परीक्षण कुनै देशसँग लक्षित नरहेको बताए।

परीक्षणका लागि तयारी नपुगेको र त्यसअनुसारको संरचना पनि नभएको पाएपछि केही समयका लागि रोक्ने निर्णय आफैंले गरेको ओलीले दाबी गरे। ‘त्यो चासो सरोकार जनाएको कुरा पनि मसम्म आएको थिएन।यसअघि प्रधानमन्त्री ओलीले २१ गते नेकपाको संसदीय दलको बैठमा ‘कस्तो पत्र कसले पठाएको पत्र?’ भन्दै सांसदहरूमाथि आक्रोश पोखेका थिए। उनले पत्रै नआएको दाबी गरेका थिए।

मैले कहीं जनतालाई अल्मल्याउन खोजेको त होइन । लुकेको कुरा थाहा नहुँदा मैले आएको छैन (पत्र) भनें। त्यसबाट मैले कहीं जनतालाई अल्मल्याउन खोजेको होइन भन्ने भ्रम पर्ने अवस्था र विरोधीहरूले भएको कुरालाई हैन भन्यो भनेर प्रचार गर्ने मौका पाए ।

प्रधानमन्त्री ओलीले भने, ‘भित्रभित्रै कुरा भएको रहेछ। विभिन्न ठाउँमा राजदूतले नै भेटेर भनेको आदि पाइयो। यो कुरा त मलाई कसैले बाट थाहा भएन् । मैले त हाम्रो तयारी पुगेन भनेर केही समयका लागि तयारी गर्नका लागि रोक्ने निर्देशन गरेको हो।’

सामान्य ढंगले हामीले आयात गर्ने खाद्यपदार्थ शुद्ध हुनुपर्छ । उनले भने, ‘यो कुनै देशका विरुद्ध होइन, हामी धेरै देशबाट खाद्य सामग्री आयात गर्छौं, बंगलादेश, थाइल्यान्ड, ब्राजिल, अमेरिकाबाट गर्छौं तर अलिक ठूलो भोल्युममा भएकाले त्यसले अलिक चासो सरोकार जनायो होला।’ प्रधानमन्त्री ओलीले अहिले पनि सम्पूर्ण रूपमा परीक्षण नरोकिएको बताएका छन् ।

प्रकाशित मिति July 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।