रुप पोखरेल रआरोही सिंह रोमान्टिक अवतारमा प्रस्तुत

पाेखरा –नेपाली फिल्म ‘गीत गजल’को फष्टलुकसँगै प्रदर्शन गरिने भएकाे छ । फिल्म निर्माण युनिटले फिल्मको प्रदर्शन मिति असोज २५मा सार्वजनिक गर्ने निर्णाय लिएका छन् ।

फष्टलुकमा मुख्य अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंह रोमान्टिक अवतारमा प्रस्तुत भएकाे देख्न सकिन्छ ।

फिल्म नीतिन चन्दले निर्देशन गरेका छन् ।आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रुप र आरोहीको अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतिक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली सहित बालकलाकार योगीशा खत्री, सुजल खानलगायत अभिनय गरेका छन् ।

फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा निर्देशक नितिन चन्दको समेत कोरियोग्राफी रहेको छ ।‘गीत गजल’को फष्टलुक अशाेज २५मा सार्वजनिक हुने ।

प्रकाशित मिति July 10, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।