रुसी राष्ट्रपति पुटिन बने पिता, ३० वर्ष कान्छी प्रेमिकाले जन्माइन् जुम्ल्याहा छोरा

रुसी राष्ट्रपति भ्यादिमिर पुटिन पिता बनेको दावी गरिएको छ । एक मिडिया रिपोर्ट अनुसार उनकी कथित प्रेमिकाले यही महिना जुम्ल्याहा बच्चा जन्माएको दावी गरिएको छ । ओलम्पिककी स्वर्णपदक विजेता तथा जिम्न्यास्ट एलिना कबाएबा र राष्ट्रपति पुटिनबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र एलिनाले जन्माएका जुम्ल्याहा छोरा राष्ट्रपति पुटिनकै भएको समेत दावी रुसको अखबार मस्कोभस्किज कोम्सोमोलेट्सले गरेको छ ।

एलिनाकै कारण कुलाकोभ अस्पतालको भिआइपि फ्लोरलाई खाली गराइएको थियो । यद्यपि रुसी क्रेमलिले भने यस्तो रिपोर्ट खारेज गरेको छ । बच्चाको जन्मबारे धेरै जानकारी दिइएको छैन ।

त्यस्तै बेलायती अखबार डेलीमेलले रुसको खुफिया विभागसँग जोडिएका सूत्रको हवाला दिँदै एलिनाले जुम्ल्याहा बच्चा जन्माएको उल्लेख गरेको छ । सिजेरियन डेलिभरीमा इटलीका डाक्टरले सहयोग गरेको उल्लेख गरिएको छ । एलिना खेल जगतबाट टाढा भएपछि मोडल बनेकी थिइन् । उनी २०१४ सम्म सांसद पनि थिइन् । अहिले एक राष्ट्रिय मिडिया ग्रुपकी प्रमुख छन् । एलिनालाई ‘द सिक्रेट फर्स्ट लेडी’ भनिन्छ । उनी राष्ट्रपति पुटिनभन्दा ३० वर्ष कान्छी छिन् ।

प्रकाशित मिति May 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।