चर्चित तथा सफल नेपाली चलचित्र ‘कबड्डी’ को तेस्रो शृङ्खला ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । विवाह र अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण हुने भनिएको चलचित्रलाई अर्गानिक स्वाद दिन पोख्त रामबाबु गुरुङको निर्देशन गर्दै छन् ।
चलचित्रलाई मनी राम पोख्रेल, ओम चन्द रौनियार र अर्जुन कार्कीले संयुक्त रूपमा लगानी गरेका छन् । दयाहाङ राई , रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत कलाकारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेेलर हेर्नुहोस् । ट्रेलर सार्वजनिक गरेको २ दिनमै झण्डै ९ लाख दर्शक पाएको छ ।
भिडियोः
प्रकाशित मिति July 9, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।