गलबन्दीले राख्यो अर्को रेकर्डः छोटो समयमै २ करोड भ्युज

सर्बाधिक रुचाईएको गीत तथा भिडियो ‘गलबन्दी’ले फेरि छोटो समयमै २ करोड भ्युज पाएको छ । यसअघि १ दिनको अन्तरले अर्थात १८ दिनमै १ करोड भ्युज पाउदै चर्चित गीत कुटुमा कुटुको छोटो समयमा करोड पाउने भिडियोको रेकर्ड तोडेको थियो । जेठ ११ मा सार्बजनिक गलबन्दी असार २४ गते सम्म आईपुग्दा मात्र ४४ दिनमा २ करोड सहित रेकर्ड राखेको हो ।

गलबन्दिलाई असार २४ गतेको बिहान सम्म आईपुग्दा युट्युबमा हेर्नेहरुको घुईचो २०,०७५,६८२ पटक छ । यता गीत संगै भिडियो त सर्बाधिक रुचाईएकै छ भने युट्युबमा मनपराएर लाईक गर्ने को संख्या मात्रै ३ लाख ७१ हजार भन्दा बढी रहेको छ । डिसलाईक गर्नेहरु २० हजारको संख्यामा छन् । यस्तै भिडियोलाई प्रतिक्रियाको ओईरो लागेको छ । ३० हजार बढिले भिडियोलाई कमेन्ट गर्दा प्राय: सवैले गीत तथा भिडियो रुचाएका छन् ।

गलबन्दिलाई प्रकाश सपूत र शान्ती श्री परियारले गाएका हुन् । यसको शब्द संगीत पनि प्रकाशकै हो । प्रकास यो भिडियोमा फिचर्ड नि भएका छन भने गलबन्दी भिडियो निर्देशक पनि उनै हुन् । भिडियोमा प्रकाश संगै मोडल अञ्जली अधिकारी भिडियोमा फिचर्ड छन् ।

धेरै दिन पहिलो स्थान ओगट्दै गीतको भिडियो हाल विश्राम गर्दै ट्रेन्डिङबाट बाहिरिएको छ । यहि गीतले मोडल अञ्जलीलाई भाईरल बनायो । यो गीतमा उनको लजाउने शैलि र रियल अभिनयको सबैले खुलेरै तारीफ गरिरहेका छन् । प्रकाश आपुतको आफ्नै नामको युट्युब च्यानलबाट सार्बजनिक गरिएको गलबन्दी लाई करण चैसिरले छायांकन गरेका हुन भने प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति July 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।